
काठमाण्डु, १८ असार– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ देखि ७ रुपैयाँसम्म घटाएको छ । काठमाडौंमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर कायम भएको छ । त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ पर्ने निगमले जनाएको छ ।
निगमले हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १४ रूपैयाँ घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १३६ रूपैयाँ प्रतिलिटर भएको छ । यस्तै बाह्यतर्फ प्रतिकिलोलिटर ११५ अमेरिकी डलर (करिब १५ रूप प्रतिलिटर) घटेको छ ।
स्वचालिक मूल्य प्रणालीअनुसार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य घटाएको हो । आइओसीले केही दिनअघि मात्र ग्यासको भाउ प्रतिसिलिन्डर १ सय ६१ रूपैयाँले घटाएर पठाएको थियो ।