यूएईले नेपाललाई दियो एक सय ८२ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० असार १७ गते १६:५० मा प्रकाशित

काठमाण्डु ,१७ असार-आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा यूएई ले नेपाललाई एक सय ८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दवावमा राखेको थियो । यूएई ४६.५ ओभरमा १८१ रनमा समेटियो ।नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त हुँदा ओपनिङ गरेका आसिफ खान खाता नखोली आउट हुँदा अर्का ओपनर अर्यान्स शर्माले तेस्रो नम्बरमा आएका कप्तान भृत्य अरविन्दसँग मिलेर दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

आर्यन्सलाई सन्दीप लामिछानेले २८ रनको स्कोरमा आरिफ शेखबाट क्याचआउट गराए भने यूएईको इनिङ्समै सर्बाधिक ४४ रन बनाएर अरविन्द गुल्सन झाबाट बोल्ड भए ।

त्यसपछि रमिज शहजाद १० रनमै आउट भए पनि रोहन मुस्तफा र बसिल हमिदले पाँचौं विकेटका लागि अर्को ५८ रनको साझेदारी गरे । मुस्तफाले ३५ तथा हमिदले २९ रज जोडे ।

सन्चित शर्माले १२ रन बनाए ।बलिङमा करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए भने करणले ८.५ ओभरमा ३६ रन खर्चिए । प्रतीश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

आजको खेलमा यसअघि नियमित टिममा रहेका आसिफ शेख, कुशल मल्ल र ललित राजवंशीलाई आराम दिइएको छ । उनीहरुको स्थानमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसीले सुरुवाती टिममा स्थान पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us