गुल्सन झाले लिए यूएईको चौथो विकेट

काठमाण्डु टुडे २०८० असार १७ गते १५:३८ मा प्रकाशित

काठमाण्डु ,१७ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले यूएई को चौथो विकेट लिएको छ ।

यूएईको चौथो विकेट गुल्सन झाले लिएका हुन् । उनले यूएईका कप्तान वृत्य अरविन्दको विकेट लिएका हुन् । गुल्सनले अरविन्दलाई ४४ रनमा बोल्ड गरेका हुन् ।

७५ बलमा चार चौका प्रहार गरेका अरविन्द आउट हुँदा यूएईले ९७ रन बनाएको थियो ।त्यसअघि स्पिरन सन्दीप लामिछानेले यूएईको तेस्रो विकेट लिएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us