
काठमाण्डु, १७ असार– आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले यूएई को दोस्रो विकेट पनि लिएको छ ।
स्पिरन सन्दीप लामिछानेले यूएईको दोस्रो विकेट लिएका हुन् । सन्दीपले यूएईका विकेटकिपर ब्याट्सम्यान आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काएका छन ।
सन्दीपले उनलाई २८ रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखमार्फत क्याच गराएका हुन। आर्यान्स आउट हुँदा यूएईले ६४ रन बनाउन सफभएको छ ।त्यसअघि नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमै पेभेलियन फर्काएका थिए ।