
काठमाण्डु ,१७ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले यूएई विरुद्व दोस्रो बलमै विकेट लिएको छ ।
टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् ।करणले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराए ।
पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेका थिएन । नेपाल र यूएईबीच सातौं वरीयताका लागि प्लेअफ चरणको खेल भइरहेको छ । यूएईसँगको खेलमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् ।
जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् ।