
काठमाण्डु ,१७ असार- विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि हुन लागेको प्ले अफ सेमिफाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।
जिम्बावेको हरारेमा हुने खेलमा जित हात पार्ने टोलीले सातौँ स्थानका लागि फाइनल खेल्ने छ । यूएईविरुद्ध आसिफ शेखको स्थानमा अर्जुन साउद, ललितनारायण राजबंशीको स्थानमा प्रतिस जिसी र कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ललाई स्थान दिइएको छ ।
कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्सन झा, करन केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल रहेका छन् । यूएईविरुद्ध भएका पछिल्ला चार खेलमा नेपाल लगातार विजयी भइरहेको छ ।
यसअघि विश्वकप छनोटमा नेपाल, आयरल्यान्ड, अमेरिका र यूएई सुपर सिक्स पुग्न असफल भएका थिए ।नेपालले समूहमा वेस्ट इन्डिज, नेदरल्यान्ड्स र जिम्बावेसँग हार ब्यहोरेकको थियो भने अमेरिकालाई हराएको थियो ।