सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० असार १७ गते १२:५३ मा प्रकाशित

काठमाण्डर,१७ असार- आइतबार सुन  चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ६ सयरतेजावी सुनको मूल्य एक लाख ९ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला मूल्य१ हजार ३६० रुपैयाँ तोकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us