
काठमाण्डु ,१२ असार- जारी साफ च्याम्पयिनशिप फुटबलअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले हराएको छ ।
साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो । नेपालका लागि निर्धारित समयको ८०औं मिनेटमा आशिष चौधरीले पहिलो गोल गरेका हुन् ।उनले लाकेन लिम्बूको पासमा गोल गरेका छन् ।
अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भएको थियो ।पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित नेपाल दोस्रो खेलमा भारतसँग २-० गोलले निराश हुन पुगेको थियो ।