प्रतिनिधिसभामा मन्त्रीहरुको जवाफ जारी

काठमाण्डु टुडे २०८० असार ११ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, ११ असार– प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ ।

बैठकमा ८ मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । आज रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र उर्जा, जलस्रोत तथा सिंचाई, खानेपानी र श्रम रोजगार तथा सामाजिक सुरक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

प्रतिनिधिसभामा आइतबारदेखि मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us