
कठमाण्डु, १० असार- साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
आज नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो । नेप्से ६२ अंकले बढेसँगै नेप्से परिसूचक २१ सय बिन्दुमाथि पुगेको छ ।आइतबार कारोबारमा आएका २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूहको परिसूचक हरियाली भएको छ । जसमा सबैभन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक ७.७९ प्रतिशत बढेको छ ।निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से परिसूचक ६२.२१ अंकले बढेसँगै ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५०, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल र शिवम् सिमेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, हिमालयन उर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।