
काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा नेपालले पहिलो विकेट लिएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । १ सय ६८ रनको सामान्य लक्ष्य पच्छ्याइरहेको नेदरल्यान्ड्सले ८६ रन जोड्दा पहिलो विकेट गएको हो ।
नेदरल्यान्ड्सलाई जितका लागि ३७ ओभरमा ८२ रन आवश्यक छ ।