
काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध दुवै ओपनर गुमाएको छ ।
सुपर सिक्स्मा पुग्न जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २.२ ओभरमा आसिफ शेखलाई गुमाएको थियो । नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो ।
कुशलको विकेट बिक्रमजित सिंहले लिए । सिंहले कुशललाई २७ रनमा विकेटकिपर एडवार्डसद्वारा क्याच गराए । कुशलले ४२ बलको सामना गरी दुई चौका हिर्काएका थिए ।आसिफ २ बल खेल्दा शून्यमा आउट भएका थिए ।
जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्दैछ ।