नेदरल्यान्ड्सविरुद्ध १० ओभरमा नेपालको एक विकेट गुमाएर २३ रन

काठमाण्डु टुडे २०८० असार ९ गते १३:४२ मा प्रकाशित

काठमाण्डु, ९ असार -आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १० ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ ।

कुशल भुर्तेल १५ रन र भीम सार्की सात रन बनाउँदै क्रिजमा छन् । नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट नेदरल्यान्ड्सका बलर लोगन भान विकले लिएका हुन् ।

आसिफ शून्य रनमै बोल्ड भए । पहिलो विकेट खस्दा नेपाल २।२ ओभरमा सात रन बनाएर खेल्दै थियो । सुपर सिक्समा स्थान बनाउन नेपालाई आजको खेल जित्नै पर्नै दबाब छ ।

यदि पराजित भए नेपाल समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us