
काठमाण्डु, ६ असार- भारतमा सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ ।
उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३—१ गोलले पराजित भएको हुन। कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एकमात्र गोल दोस्रो हाफमा गरेको थियो ।
भरतको बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे ।
नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए । कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्योे ।२३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए ।
३६ मिनेटमा कुवेतले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।कुवेतका फवाज अलोतावीको पासमा मोहम्मद अब्दुल्लाहको हेड प्रहार बारमा लागेर फर्कँदा अग्रता बढाउने अवसर गुमायो अधिकांश समय नेपालको हाफमा बल खेलाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल गर्योत । मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।
यो गोलमा कुवेतले उत्कृष्ट खेल कला देखाएको थियो ।अथ्बी सालेशले थ्रो बलमा उपलब्ध गराएको बलमा मोहम्मद अब्दुल्लाहको पासमा अलखल्दीले पेनाल्टी बक्समा विमल पाण्डेलाई छलाउँदै गोल गर्दा कप्तान किरणले रोक्ने कुनै अवसर पाएनन् ।दोस्रो हाफमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नवयुग श्रेष्ठलाई बाहिर निकाल्दै आयुष घलानलाई मैदान उतारे ।
आयुषको आगमनपछि नेपालको सुधारिएको प्रदर्शन गर्यो ।५७औं मिनेटमा नेपालले गोल गर्ने अवसर बनाए पनि गोल भएन । आयुषले निकालेको बलमा अन्जन विष्टको क्रसमा सनि श्रेष्ठको हेडर पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले खेलमा फर्कने अवसर गुमायो ।६५ मिनेटमा कुवेतले तेस्रो गोल गर्यो५ ।अनन्त तामाङले पेनाल्टी एरिमा ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा मोहम्मद अब्दुल्लाहले गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा कुवेतको क्षेत्रमा लगातार बल लगेको नेपाल ६७ औं मिनेटमा गोल गर्न सफल भयो ।कुवेती डिफेण्डर अब्दुल्लाह अलब्लोउसीको गल्तीमा अन्जन विष्टले गोल गरेका थीय । नेपालले अब दोस्रो खेलमा असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ।