नेपालविरुद्ध कुवेतको दोब्बर अग्रता

काठमाण्डु टुडे २०८० असार ६ गते १६:४४ मा प्रकाशित

काठमाण्डु, ६ असार -साफ च्याम्पियनसिप फुटबलको कुवेतविरुद्घको खेलमा कुवेतले नेपालविरुद्ध अग्रता दोब्बर बनाएको छ ।

भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै छन् । बैङ्लुरुको श्री कान्ताराभा स्टेडियममा जारि खेलको ४१औं मिनेटमा सहबाहिब अलखादिले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे ।

त्यसअघि, २३औं मिनेटमा कप्तान खालिदले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए ।समूह ए मा रहेको नेपालले दोस्रो खेल शनिबार भारतसँग र मंगलबार पाकिस्तानसँग खेल्नेछ । नेपालले यसअघि कुवेतसँग कुनैपनि खेलमा जित निकालेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us