
काठमाण्डु,६ असार- बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।
नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ बिन्दुमा कायम भएको छ । यस्तै आज ८६ लाख ५१ हजार १६४ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँको कारोबार भएको छ भने कारोबार रकम पनि घटेको छ ।
अघिल्लो कारोबारका दिन नेप्से बजारमा ४ अर्ब बढिको कारोबार भएको थियो ।कारोबारका आधारमा आज शिभम सिमेन्टस २३ करोड ६ लाख ४१ हजार ३२७ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै, सिटि होटल्स र सोल्टी होट्ल्सले सर्वाधिक नाफा कमाएका छन ।त्यसैगरी, उपसमूतर्फ ४ वटा समूह बाहेक बाकि ९ वटै समूहको सेयर मुल्य घटेको छ ।