अमेरिकाविरूद्ध बलिङ गर्दै नेपाल, सोमपालको स्थानमा ललित

काठमाण्डु टुडे २०८० असार ५ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ५ असार- आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।आइतबार जिम्बाव्वेविरुद्धको खेलमा तीब्र गतिका बलर सोमपाल कामीको हातमा चोट लागेका कारण उनी मंगलबार अमेरिकाविरुद्धको खेलमा हुने छैनन् ।

उनको स्थानमा ललित राजवंशी खेल्नेछन् । म्रगलबारको खेलमा अमेरिकी टिमका कप्तान मोनाक पटेल चोटका कारण खेल्ने छैनन् । अमेरिकाका लागि एरोन जोन्सले कप्तानी गर्नेछन् आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी र सन्दीप लामीछाने रहेका छन।

खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँस १२स्४५ बजे सुरु हुनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us