सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाण्डु टुडे २०८० असार ५ गते ११:३५ मा प्रकाशित

काठमाण्डु ,५ असार- नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको बताएको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

हिजो सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us