
काठमाण्डु, ४ असार- चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको हो । यस अवधिमा ३ करोड १० लाख किलोग्राम गोलभेडा भित्रिएको विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा ताजा र अचार प्रयोजनका लाग गरी तीन क्याटोगोरीमा गोलभेडा भित्रिएको विभागको तथ्यांकले देखाएको छ । नेपाली उत्पादनले सम्पूर्ण देशको माग धान्ने समयमा पनी भारत बाट गोलभेँडा भित्रिरहेको छ ।
नेपालमा जेठ, असार र साउन महिना गोलभेँडा उत्पादनको समय हो तर पनी, यस अवधिमा भारतबाट गोलभेँडा निर्वाधरुपमा आउँदा स्वदेशी उत्पादनले उचीत बजार पाएको छैन।