सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाण्डु टुडे २०८० असार ४ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, ४ असार- नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन एक लाख १२ हजार,मा कारोवार भइ  रहेको छ। आइतबार छापावाल सुन एक लाख १२ हजार रुपैयाँमै कारोवार भएको थीयो।

यस्तै आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ कायम भएको छ । आइतबार एक लाख ११ हजार ४५० रुपैयाँमा तेजावी र १४ सय ४५ रुपयाँमा चाँदीको खरिदबिक्री भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us