
काठमाण्डु, ३ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जिम्बाबेको पहिलो विकेट लिएको छ ।
नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्। सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला जिम्बावेले ८ ओभरमा ४५ रन बनाएको स्थिति थियो।
नेपालले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याउँदै जिम्बाबे ब्याटिङ गरिरहेको छ । नेपालले भने ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो ।