नेपालले चौथो विकेट गुमायो

काठमाण्डु टुडे २०८० असार ३ गते १५:५६ मा प्रकाशित

काठमाण्डु,३असार -आईसीसी विश्वकप छनोटमा जिम्बाव्वेविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

कुशल मल्ल ४१ रन बनाएर टेनडाई चटाराको बलमा आउट भएका हुन् ।आउट हुनअघि उनले ४२ बलमा २ चौका र ३ छक्का बनाए । यसअघि कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भएका थिए भने ओपनरद्वय कुशल भुर्तेलले ९९ तथा आशिफ शेखले ६६ रन बनाएका थिए ।

नेपालले ४ विकेटको गुमाउदा २५७ रन बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us