जिम्बाबेविरुद्ध नेपालको पहिलो खेलमा ५० रन पूरा

काठमाण्डु टुडे २०८० असार ३ गते १३:४८ मा प्रकाशित

काठमाण्डु ,३ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको पहिलो खेलमा नेपालले ५० रन पूरा गरेको छ ।

नेपालले ११.५ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३३ रन र आसिफ शेख १४ रन बनाउँदै क्रिजमा छन् ।

कुशलले ६ चौका र आसिफले एक चौका हिर्काएका छन् । हालसम्म नेपालले ४.१६ को रनरेटमा रन बनाएको छ । आयोजक जिम्बाबेले टस जिती नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us