
काठमाण्डु, ३ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार नेपालले आयोजक जिम्बाबेको सामना गर्दैछ ।
नेपालले पहिलो खेलमा घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपाली समयअनुसार, १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । नेपालले पहिले ब्याटिङ गर्नेछ ।नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो ।
विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुईवटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो ।