काठमाण्डु, १ असार– कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष ०८०–०८१ को लागी २९ अर्ब २६ करोड ५९ लाख बजेट विनियोजन गरेको छ ।
आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।
चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९र८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट आएको थियो ।
चालु आर्थिक वर्ष ०७९र८० को बजेट तुलनामा आर्थिक वर्ष २०८०र८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार कम हो ।