विदेशीले सहयोग रोक्ने धम्कीपछि गाँजा प्रतिबन्ध भएको हो: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० जेठ २९ गते १५:१० मा प्रकाशित

काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध गरिएको बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानुन बनायौं, रोक्यौं ।’

अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेको भन्दै उनले भने, ‘यो बिग बिजनेस भएको छ, उनीहरुले यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो कि ।’

उनले गाँजालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गरौं भनेको भन्दै भोलिदेखि नै लागु गरौं नभनेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us