सुनचाँदीको मूल्य स्थिर

काठमाण्डु टुडे २०८० जेठ २८ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, २८ जेठ -आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य तोलामा यही कायम थियो ।यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ । गत साताको शुक्रबारको तुलनामा आज पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

महासंघअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us