
काठमाण्डु, २७ जेठ– एनएमबि बैंक र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ ।
बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाख सम्मको चालु पूँजी कर्जा प्रदान गर्ने उदेश्य अनुसार गरिएको सम्झौतापत्र एनएमबि बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदान प्रदान गरेका थिए ।
सो सम्झौताको बारेमा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले अर्थतन्त्रको वास्तविक क्षेत्र तथा डिजिटलाईजेशलाई प्राथमिकता दिइरहेका र यस कर्जामार्फत् ग्राहकहरुले अनलाईनमार्फत् आवेदन दिएको केही मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जामार्फत् धेरै भन्दा धेरै एमएसएमई ९ःक्ःभ्० कर्जाका ग्राहकहरुको आवश्यक चालुपूँजी पूर्ति गर्ने बैंकले बिश्वास लिएको उनले बताएका छन ।