घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० जेठ २१ गते १२:२० मा प्रकाशित

काठमाण्डु २१जेठ – साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुना आज तोलामा १ हजार ७०० रुपैयाँ घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार तोलाको छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us