सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

काठमाण्डु टुडे २०८० जेठ १९ गते १२:०२ मा प्रकाशित

काठमाण्डु ,१९ जेठ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

अघिल्लोेकारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो।

आज सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य हाल सम्मकै उच्च हो। बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us