
कठमाण्डु, १८ जेठ- तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतले पाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि बिहीबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको हो।
सम्झौतापत्रमा नेपालको तर्फबाट वाणिज्यमन्त्री रमेश रिजाल र भारतीय पक्षबाट वाणिज्यमन्त्री पियुष गोयलले हस्ताक्षर गरेका छन । सम्झौताअनुसार गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुनेछ ।
यसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ ।