
काठमाण्डु ,१८ जेठ- बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको बताएको छ। आज सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको छ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रुपैयाँ बढी हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।