सुनको मूल्य फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड,आज कतिमा हुँदैछ कारोबार?

काठमाण्डु टुडे २०८० जेठ १७ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, १७ जेठ- नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

मंगलबार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us