
काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने भएको छ । आज (सोमबार) संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने बताएका छन ।
उनले सरकारी अधिकारीहरुलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति मापदण्डमा आधारित भएर नगदमै दिने व्यवस्था गरिने बताएका छन ।
त्यसैगरी सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गर्ने घोषणा पनि बजेटले गरीएको छ ।