
काठमाण्डु,१४ जेठ- साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ बिन्दुमा कायम भएको छ ।आज ७० लाख ५० हजार ३९ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज दोहोरो अंकले घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।
४४ कम्पनीको सेयरमूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्रको सेयरमूल्य बढेर सकारात्न्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ७.१८ प्रतिशतले बढेको छ ।
यस्तै हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ६.४० प्रतिशतले गिरावट हुँदा न्यादी हाइड्रोपावको ५ प्रतिशत र नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४.९० प्रतिशतले घटेको छ ।