काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो

काठमाण्डु टुडे २०८० जेठ १४ गते १४:४९ मा प्रकाशित

काठमाण्डु,१४ जेठ-  काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ ।

उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको हो। आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा पहिलो सेट २५-२० ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो स्थान हासिल गर्यो ।

दोस्रो सेटमा उज्वेकिस्तानलाई २५-१६ले पछि पारेको नेपालले तेस्रो र चौथो सेटमा क्रमशस् २५-१५ र २५-१३ को जित निकाल्यो ।आज हुने फाइनलमा भारत र काजकिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता थियो । हरेक ४ राष्ट्रलाई दुई समूहमा बिभाजन गरिएको थियो ।

समूह ए मा नेपाल, भारत, कीर्गिस्तान र बंगलादेश थिए । समूह बी मा माल्दिभ्स, श्रृलंका, उज्वेकिस्तान र काजकिस्तान थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us