
काठमाण्डु ,१३ जेठ- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुने भएका छन्।
२२औँ चरणअन्तर्गतका आजका दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ। जसअनुसार च्यासल मैदानमा दिउँसो ३ बजेबाट मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच खेल हुनेछ ।
दशरथ रङ्गशालामा हुने पहिलो खेलमा जावालाखेल यूथ क्लब र एपिएफ फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने आजको तेस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब आमनेसामने हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।