
काठमाण्डु,११ जेठ- ‘आईएमई पे’ ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो ।
सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।