जीपको ठक्करबाट दाङमा एक शिक्षिकाको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ ११ गते १६:४४ मा प्रकाशित

काठमाण्डु,११जेठ- दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा र एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको इलाका प्रहरी कार्यालयका तुलसीपुर ले जानकारी दिएको छ।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु प्रहरीले बताएको छ ।

बिहीबार बिहान हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरीत दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो।

सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउने गर्थिन् । उनलाई विद्यालयमा जाने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पानी परिरहेको समयमा दुबै सवारी तीव्र गतिमा रहेको हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको पूर्वानुमान छ। जीप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us