नेपाल इयरलाइन्सले ११ हजार ४६१ रुपैयाँमै मलेसिया–भैरहवा उडाउने

काठमाण्डु टुडे २०८० जेठ ११ गते १५:२७ मा प्रकाशित

काठमाण्डु,११ जेठ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएको छ । निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार ४६१ रुपैयाँ भाडादर कायम गरेको छ ।

यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको थियो ।नगिमको काठमाण्डु बाट क्वालालाम्पुर जाने ए-३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ ।

यस रुटमा २९ जेठ ९१२ जुन०बाट निगमले सातामा एक उडानको तयारी गरेको छ । ।यो गौतमबुद्ध विमानस्थलबाट नेवानिले गर्न लागेको पहिलो नियमित तथा व्यावसायिक उडान हुने छ ।

यस्तै निगमले मलेसिया–भैरहवा–काठमाण्डौ उडानको प्रवर्द्धनात्मक भाडादर पनि घटाएको छ । यसअघि निगमले यस उडानको भाडादर १४ हजार सात सय २० रुपैयाँ कायम गरेकोमा घटाएर १२ हजार तीन सय ४६ रुपैयाँ कायम गरेको छ । यस रुटमा यात्रुले ४५ किलो ब्यागेज निःशुल्क बोक्न सक्नेछन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us