
काठमाण्डु, ११ जेठ- नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का गरीने भएको छ।
प्रतिवादी बनाइएकाहरुको सम्पत्ति रोक्का हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो।
उक्त प्रकरणमा संलङ्न व्यक्ती हरुको नाममा भएको बैंक, वित्तीय संस्थामा भएका सम्पत्ति, सेयरहरु लगायत सम्पूर्ण सम्पत्ति रोक्का लागि भन्दै सम्बन्धित निकायमा समेत पत्राचार गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।
सम्बन्धित निकाय तथा कार्यालयहरुबाट पत्रको जवाफ भने आइनसके बताएको छ।उक्त प्रकरणमा ३० जनालाई प्रतिवादी बनाउँदै बुधबार मुद्दा दर्ता गरिएको छ।
उनीहरुमध्ये १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जनालाई फरार प्रतिवादी बनाइएको छ।