
काठमाण्डु,११ जेठ- नेपाली बजारमा आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुनको भाउ तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो।यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ।धबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।