मुद्दा दर्तापछि लामिछानेले भने- मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ

काठमाण्डु टुडे २०८० जेठ ११ गते ११:४४ मा प्रकाशित

काठमाण्डु ,११ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पटक पटक मुद्दा हालेर इरिटेट गर्ने काम भएको बताएका छन् ।

बुधवार लामिछानेविरुद्ध अधिवक्ता युवराज सफलले दिएको मुद्दा सर्वोच्चले बुधबार दर्ता गरेपछी उनले एस्तो बतउका हुन।

बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्( मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। उनले भने ।

सर्वोच्च अदालतको मिति २०७९—१०–१३ को फैसलाको प्रकरण नं। २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको लामिछानेले बताए । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।

अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०–०२–०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५–०३–०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए।

टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ,’ उनले भने ।त्यसपछि लामिछाने जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएका थिए।

अधिवक्ता सफलले लामिछानेले पुन:नागरिकता लिँदा प्रक्रिया नपुर्‍याई लिएको भन्दै मुद्दा हालेका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us