काभा भलिबल–भारतसँग हार्‍यो नेपाल, फाइनल प्रवेशका लागि काजाकस्तानसँग खेल्ने

काठमाण्डु टुडे २०८० जेठ १० गते १७:३७ मा प्रकाशित

काठमाकाठमाण्डु ,१० जेठ- काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।

यसअघि लागतार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाल भारतसँग भने पराजित भएको हो । आज दिउँसो ३ बजेबाट त्रिपुरेश्वरको कभर्डहलमा भएको खेलमा पहिलो दुई सेट पराजित भएपनि तेस्रो सेट नेपालले जितेको थियो ।

नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र काजाकस्तानबीचको खेल शुक्रबार हुने छ । बुधबारै भएको समूह बी अन्तर्गत अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर काजाकस्तान समूह विजेता बनेको थियो ।

सुरुवाती दुई सेट क्रमसः २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने प्रयास गरेको थियो ।चौथो सेटको आधा समयसम्म प्रतिस्पर्धात्मक भए पनि एक समय नेपालले १८–१५ को अग्रता बनाएर आशा जगाएको थियो ।

तर, त्यसपछि नेपालले ३ अंकमात्र जोड्दा भारतले १० अंक जोडेर खेल जित्न सफल रह्यो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनल पुगिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us