
काठमाण्डु ,९ जेठ- काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।
यस्सँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले बंगलादेशलाई २५–१०, २५–८ र २५–९ ले हराएको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।