
काठमाण्डु ,९ जेठ- साताको तेस्रोकारोवारको दिन मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढेको छ ।
आज ५१.३१ अंकले बढेर नेप्से १९४२.६३ बिन्दुमा कायम भएको छ ।आज विभिन्न कम्पनीका ६० लाख ६७ हजार ४३२ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारका आधारमा आज कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।
त्यस्तै, उपसमूतर्फ भने १३ वटै समूहको सेयरमूल्य बढेको छ ।मंगलबार बजार पूँजीकरण २८ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ ।