
काठमाण्डु, ९ जेठ- आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको छ । ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।
महासंघले आज तोलामा १० रुपैयाँले घटेर चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम छ ।