
काठमाण्डु, ५ जेठ– सरकारले आगमी आर्थिक वर्षभित्र काठमा आत्मनिर्भर बनाउने तथा वन लिजमा दिने घोषणा गरेको छ ।
आज शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलकलाई काठमा आत्मनिर्भर बनाउने बताएका छन।
उनले भने, ‘ तीनै तहको सरकारको समन्वय र समुदायको सहभागिता सहित वनको सम्वर्द्धन गरिनेछ । दिगो वनको उचित व्यवस्थापन अनुरुप काष्ठ र गैरकाष्ठ उत्पादन, विकास, विस्तार आपुर्तीमा मुलुकलाई काठमा आत्मनिर्भर बनाइनेछ।’
उनले निजी वनको प्रवर्द्धन गर्न साझेदारीमा लगानी गर्नेसमेत बताएका छन । राष्ट्रपति पौडेल भने, ‘नीति तथा कार्यक्रममार्फत ढला पडा रुखको आवश्यक प्रक्रिया पूरा गरी आगमी दुई वर्षभित्र विक्री वितरण गरिनेछ।’
यस्तै सम्भाव्य वन क्षेत्रमा कृषि तथा फलफूल प्रवर्द्धन गर्न एकीकृत कार्यक्रम ल्याउने उनले बताएका छन । राष्ट्रपति पौडेलले भने, ‘ बाँझो जमिन र नदि उकास जमिनको उपयोग गरिनेछ ।’