
काठमाण्डु, २ जेठ– आज मंगलबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । आज सुनको मुल्य प्रतितोला १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनाको तुलनामा आज मंगलबार १०० रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ कायम थियो । यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर कायम भएको छ ।
हिजो सोमबारकै मूल्यमा आज चाँदी कारोबार भइरहेको महासंघले ज। आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।