दोहोरो अङ्कले घट्यो नेप्से

काठमाण्डु टुडे २०८० वैशाख ३१ गते १६:१८ मा प्रकाशित

काठमाण्डु ,३१ वैशाख- साताको पहिलो कारोवारको दिन दिन नेप्से दोहोरो अंकले घटेको छ ।

आइतबार नैप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा कायम भएको छ । आज सेयर बजारमा २७ लाख ८८ हजार ८१५ कित्ता खरिदबिक्री हुँदा ९० करोड पाँच लाख ६३ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम भने बढेको छ ।कारोबारका आधारमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था सकारात्मक सर्किटका साथ सर्वाधिक नाफा कमाउनेमा शीर्ष स्थानमा रहेको छ ।

सर्वाधिक गुमाउनेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेड रहेका छन् ।

त्यस्तै उपसमूहतर्फ रहने १३ वटा समूहमध्ये इन्भेष्टमेन्ट इन्डेक्सबाहेकका सबै समूहको शेयर मूल्यमा गिरावट देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us